Premier Cables
Premier Steel

विराटनगर

३ करोड ७६ लाख रुपैयाँमा सिंघियामा तयार भयो आरती स्थल

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक २६, २०८२  | साँझ ४:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिका वडा नं २ स्थित सिंघिया घाटमा आरती स्थल तयार भएको छ । महानगरपालिकाको बहुवर्षीय योजनाअन्तर्गत आरती स्थल तयार भएको हो । अब प्राविधिक टोलीले अन्तिम निरीक्षण गरी केही दिनमै यस स्थल महानगरलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ।

करिब ३ करोड ७६ लाख रुपैयाँ लागतमा निर्माण गरिएको यो आरती स्थल विराटनगर–२ स्थित हनुमान मन्दिरअगाडिको सिघिंया नदी किनारमा रहेको छ। यसको उद्देश्य विराटनगरवासीलाई साँझको समयमा मनोरञ्जनसँगै धार्मिक आस्थासँग जोड्ने अवसर प्रदान गर्नु भएको बताइएको छ ।

बिज्ञापन

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाका अनुसार, यस आरती स्थललाई महानगरले हनुमान मन्दिर व्यवस्थापन समितिसँग समन्वय गर्दै सुरुवाती चरणमा साप्ताहिक आरती कार्यक्रम सञ्चालन गर्ने र माग तथा आकर्षण बढ्दै गएपछि दैनिक आरतीको व्यवस्था गर्ने योजना बनाएको छ।

सिघिंया नदी किनारमा आकर्षक ढङ्गले निर्मित आरती स्थलमा राति र दिन दुवै समयमा सुन्दर दृश्य देखिन्छ। सौर्य ऊर्जामा आधारित बत्ती, आधुनिक मञ्च, दर्शकका लागि बस्ने सुविधा र धार्मिक संगीतको लागि ध्वनि प्रणालीसमेत राखिएको छ, जसले धार्मिक कार्यक्रमलाई भव्यता प्रदान गर्ने अपेक्षा गरिएको छ।

स्थानीयवासीहरूले यो आरती स्थललाई विराटनगरको नयाँ धार्मिक र पर्यटन आकर्षणको केन्द्र बन्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार, आरती कार्यक्रम नियमित रूपमा सञ्चालन गर्न सकिए, यसले सिघिंया नदीको सौन्दर्य र धार्मिक महत्व बढाउने मात्र नभई आन्तरिक तथा बाह्य पर्यटकलाई पनि आकर्षित गर्नेछ।

सिघिंया नदी क्षेत्र विगतमा अव्यवस्थित र फोहर स्थलका रूपमा चिनिँदै आएको भए पनि अब यसको पुनरुत्थानसहितको यो आरती स्थलले धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व पुनर्स्थापित गर्ने अपेक्षा गरिएको छ।

विराटनगर महानगरले आरती स्थल वरपरको क्षेत्रलाई थप व्यवस्थित गर्न, सडक तथा पार्किङ सुविधा विस्तार गर्न र स्थानीय व्यापार प्रवर्द्धनमा जोड दिने योजना समेत बनाएको जनाएको छ।

यसरी सम्पन्न भएको सिघिंया आरती स्थल केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई, विराटनगरको सांस्कृतिक पहिचान र पर्यटन विकासको नयाँ प्रतीकका रूपमा उदाउने देखिन्छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka