Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा प्रशासकीय अधिकृत हाजिर हुन कस्ले रोकेकाे हाे ? मेहता ५० दिनदेखि यता न उता

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २८, २०८२  | बिहान १०:२७ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगर महानगरपालिकामा सरुवा भएर आएका सहसचिव रामचरित्र मेहता ५० दिन बितिसक्दा पनि अझै कार्यभार सम्हाल्न सकेका छैनन्। उनी वैशाख ९ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भएका थिए। तर, मेयर नागेश कोइरालाले उनीसँग असहमति जनाउँदै हाजिर गर्न रोक लगाएका छन्। उपमेयर शिल्पा निराला कार्कीले समेत मेयरको यो निर्णयमा साथ दिएकी छन्।

मेहतालाई महानगर प्रवेशमा रोक लगाइएपछि अहिले विराटनगर प्रमुख प्रशासकीयविहीन छ, र कायममुकायमको भरमा सञ्चालनमा रहेको छ। यद्यपि, मेहताको विगत पनि विवादरहित छैन। उनले इटहरी उपमहानगरमा कार्यरत रहँदा विभिन्न विवादमा तानिएका थिए, त्यसैका कारण उनलाई त्यहाँबाट सरुवा गरिएको थियो। सरुवा भएको दुई महिनाभित्रै उनलाई विराटनगर पठाइएको हो।

बिज्ञापन

मेयर कोइरालाले मन्त्रालयले कुनै समन्वय नगरी ‘सेटिङ’मा प्रमुख प्रशासकीय पठाएको आरोप लगाउँदै हाजिर नस्वीकार गर्ने अडान लिएका छन्। “काम गर्ने वातावरणका लागि उपयुक्त व्यक्ति आवश्यक पर्छ, न कि माथिबाट थोपारिएको मान्छे,” अघिल्लो साक्षात्कारमा कोइरालाले भनेका थिए।

इटहरी कार्यकालमा मेहता उपमेयर, कर्मचारी र अन्य जनप्रतिनिधिसँग टकरावमा परेका थिए। विद्यालय पोसाक र विद्युतीय बस खरिदमा मोटो कमिसन लिएको आरोप, कर्मचारी आन्दोलन उक्साएको, मनपरी सरुवा गरेको र सर्भर अवरोध गराएकोलगायतका आरोप लाग्दै आएका छन्। त्यही आधारमा इटहरी कार्यपालिकाले उनीमाथि कारबाहीको सिफारिस समेत गरेको थियो।

इटहरीका मेयर हेमकर्ण पौडेलसँग उनको निकटता थियो, जसको कारण अन्य जनप्रतिनिधिसँग मतभेद बढेको बताइन्छ। यही विवादित पृष्ठभूमिका कारण विराटनगरका जनप्रतिनिधिहरू उनलाई स्वीकार्न तयार छैनन्।

मेहता भने आफूमाथि लगाइएका आरोपहरू अस्वीकार गर्दै आएका छन्। “मेयरले फोनमै ‘तपाईंलाई म हाजिर गराउन सक्दिनँ, नआउनुहोस्’ भन्नुभयो,” उनले भने, “यसपछि जानु द्वन्द्व सिर्जना गर्नु मात्र हुने भएकाले म अहिलेसम्म गएको छैन।” हाल उनी पुनः युवा तथा खेलकुद मन्त्रालयमै कार्यरत छन्।

यो विवादका कारण विराटनगरमा प्रशासनिक निर्णयहरूमा ढिलाइ हुनुका साथै महानगरको सुशासनमा असर परेको स्थानीयले गुनासो गरिरहेका छन्। अहिले पनि विवाद समाधान नहुँदा महानगर प्रमुख प्रशासकीयको अभावमा हैरान देखिन्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka