Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा उप-प्रमुख र उपाध्यक्षको राष्ट्रिय सम्मेलन : पूर्वराष्ट्रपति भण्डारीद्वारा उद्घाटन

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ २३, २०८२  | अपराह्न २:०४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगरमा देशभरका स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन सुरु भएको छ।

शुक्रबार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दीप प्रज्वलन गरी सम्मेलनको उद्घाटन गरेकी हुन्।

बिज्ञापन

पहिलो पटक विराटनगर महानगरपालिकाको आयोजनामा भएको यस सम्मेलनमा देशभरका २९१ स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको सहभागिता रहेको छ।

सम्मेलन विराटनगरको विरेन्द्र सभागृहमा आज (शुक्रबार) र भोलि (शनिबार) सञ्चालन हुनेछ। आयोजकका अनुसार संविधानले उपप्रमुख तथा उपाध्यक्षहरूको क्षेत्राधिकार तोकेको सन्दर्भमा अन्तर तह अनुभव साटासाट गर्दै अझ परिस्कृत कार्यसम्पादनका लागि संवाद गर्न सम्मेलनको आयोजना गरिएको हो।

उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले प्रमुख र उपप्रमुखबीचको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने कुरा देशभरका स्थानीय तहले विराटनगरबाट सिक्नुपर्ने बताइन्।

उनले भनिन्, “हामी फरक पार्टीबाट भए पनि विकास र सुशासनको पक्षमा कहिल्यै दुई मत रहेन। यो कार्यक्रम सफल हुनुको श्रेय प्रमुख नागेश कोइरालालाई जान्छ।”

सम्मेलनमा काठमाडौंकी उपप्रमुख सुनिता डंगोल, धरानका उपप्रमुख इन्द्र बेघा लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka