Premier Cables

विराटनगर

इजरायलमा सुरक्षित छन् विराटनगरका मेयर नागेश कोइराला, एयरपोर्ट खुलेपछि फर्कने तयारी

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०१, २०८२  | बिहान ११:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । यतिबेला इरान इजरायल युद्ध जारी छ । इरानमा विभिन्न आणविक प्रयोगशालाहरुमा इजरायलले आक्रमण गरेपछि तनावको अवस्था छ ।

इजरायलको आक्रमणमा इरानका उच्च सैन्य अधिकारीहरुको हत्या गरेको भन्दै इरानले पनि जवाफी कारवाही गरिरहेको छ । युद्धकै अवस्थामा विराटनगरका मेयर नागेश कोइरालाको इजरायल भ्रमणमा रहेका छन् । धेरै सर्वसाधारणलाई उनको अवस्था के छ रु भन्ने चासो छ । सामाजिक सञ्जालमा इजरायल पुगेपछि कोइरालाको तस्बिर उनको सचिवालयले सार्वजनिक गरेको थियो । तर, मेयर कोइरालाले आफू खतरापूर्ण अवस्थामा नरहेको बताएका छन् । आफ्नो निजी सचिवालयका पदाधिकारीसँग आइतबार बिहान कुराकानी गर्दै कोइरालाले आफू इजरायलको राजधानी जेरुसलेमा सुरक्षित रहेको बताएका हुन ।

विज्ञापन

विभिन्न देशका मेयरहरु हाल इजरायल भ्रमणमा छन् । सहरी विकास र फोहोर व्यवस्थापन सम्बन्धी अनुभव आदान प्रदान कार्यक्रममा सहभागी हुन मेयर कोइराला पनि त्यसतर्फ प्रस्थान गरेको कोइरालाका प्रेस सल्लाहकार मनीकुमार नवोदित श्रेष्ठले बताएका छन् । श्रेष्ठले बताएअनुसार आज बिहान पनि कोइरालासँग उनको कुराकानी भएको थियो । इजरायलको विमानस्थल खुल्नासाथ मेयर कोइराला फर्कने बताएका छन् ।

इजरायल आक्रमणको प्रतिरोध स्वरुप इरानले गरेको पछिल्लो मिसाइल आक्रमणमा इजरायलको तेल अभिभ महानगरीय क्षेत्रको केन्द्रमा क्षति पुगेको छ । बत याम सहरमा एक भवनमा मिसाइल खसेको थियो । घटनामा सात जनाको मृत्यु भएको थियो । एक सय जना घाइते भएको अन्तर्राष्ट्यि समाचार संस्थाहरुले जनाएका छन् । इजरायलभर त्यहाँको सरकारले संकटकाल घोषणा गरेको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka