Premier Cables
Premier Steel

राष्ट्रिय

नमोबुद्ध बस दुर्घटनाबारे छानबिन गर्न ६ सदस्यीय समिति गठन, सात दिनमा प्रतिवेदन बुझाउने

Hamro Biratnagar News Channel Calendar शनिबार, जेठ ३०, २०८३  | साँझ ५:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन नेपाल प्रहरी प्रधान कार्यालयले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ।

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको निर्देशनमा नेपाल प्रहरी प्रदेश कार्यालय पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमल थापाको संयोजकत्वमा समिति गठन गरिएको हो।

बिज्ञापन

समितिमा जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्ट, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय चितवनका डीएसपी गंगा सारु, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक दिनेश खरेल, इलाका प्रहरी कार्यालय देवीटार (महाभारत) काभ्रेका प्रहरी हबल्दार बासुदेव खड्का सदस्य रहेका छन्।

त्यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी वरिष्ठ नायव निरीक्षक टंक शिवाकोटीलाई सदस्य–सचिव तोकिएको छ।

समितिलाई दुर्घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको प्रहरीले जनाएको छ।

शुक्रबार भएको उक्त दुर्घटनामा ८ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए। घटनाबारे प्रधानमन्त्री कार्यालयले पनि छानबिन समिति गठन गर्न निर्देशन दिएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka