Premier Cables
Premier Steel

राष्ट्रिय

देउसी-भैलो कार्यक्रममा अश्लील नृत्य गरेको आरोपमा दुई महिला पक्राउ

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक २६, २०८३  | बिहान १०:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। तिहारको अवसरमा देउसी–भैलो खेल्ने क्रममा सार्वजनिक स्थलमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ निवासी ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ निवासी २१ वर्षीया प्राप्ति बस्नेत रहेका छन्।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलावार बजारबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार देउसी–भैलो कार्यक्रमका क्रममा नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत हुने गरी अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले घटनाबारे जानकारी दिँदै पक्राउ परेका दुवै महिलामाथि सार्वजनिक हित तथा नैतिकताविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको बताए।

यस घटनापछि प्रहरीले तिहारजस्तो सांस्कृतिक पर्व मनाउने क्रममा मौलिक संस्कृति, सामाजिक मर्यादा र शिष्टाचार कायम राख्न सबैलाई आग्रह गरेको छ।

प्रहरीले देउसी–भैलोका नाममा अश्लील तथा अमर्यादित गतिविधि नगर्न सचेत गराउँदै यस्ता कार्यमा संलग्न पाइए प्रचलित कानुनअनुसार कारबाही हुने जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka