Premier Cables
Premier Steel

अपराध

नेपालभर जुवा खेल्ने ११० जना पक्राउ, विभिन्न जिल्लामा प्रहरीको छापा

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक २५, २०८३  | अपराह्न १:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल प्रहरीले अवैध जुवातास खेलिरहेको आरोपमा देशका विभिन्न जिल्लाबाट ११० जनालाई पक्राउ गरेको छ। सोमबार र मंगलबार विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष छापा अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन्।

प्रहरीका अनुसार काठमाडौं, चितवन, धनकुटा, भक्तपुर, झापा, धनुषा, कपिलवस्तु, सर्लाही, कञ्चनपुर र कास्कीबाट उनीहरूलाई पक्राउ गरिएको हो।

विज्ञापन

प्रहरीको कारबाहीका क्रममा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ बाट १० जना पक्राउ परेका छन्। त्यस्तै, भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागेश्वरीबाट १५ जना पक्राउ परेका छन्।

चितवनको रत्ननगर र भरतपुरमा तीन छुट्टाछुट्टै स्थानमा गरिएको कारबाहीमा १५ जना पक्राउ परेका छन्। झापाको कमल र दमक नगरपालिकाका दुई स्थानबाट १७ जना पक्राउ परेका छन्।

यसैगरी, धनकुटाबाट सात जना, भक्तपुरको मध्यपुर थिमीबाट नौ जना, जनकपुरधामबाट पाँच जना, कपिलवस्तुबाट चार जना, सर्लाहीका दुई स्थानबाट ११ जना, कञ्चनपुरबाट छ जना र कास्कीको पोखराबाट छ जना पक्राउ परेका छन्।

छापा मार्ने क्रममा प्रहरीले ठूलो परिमाणमा नगद रकम, तास र कौडा बरामद गरेको जनाएको छ। चितवनको भरतपुरमा गरिएको जुवा कारबाहीबाट ३ लाख ३७ हजार ४८० रुपैयाँ तथा कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट १ लाख ४७ हजार २५६ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka