Premier Cables
Premier Steel

राष्ट्रिय समाचार

त्रिभुवन विमानस्थलको उडान तथा अवतरण सेवा ठप्प

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक २५, २०८३  | साँझ ४:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । काठमाडौंमा बुधबार दिउँसो अचानक मौसममा आएको परिवर्तनसँगै परेको बाक्लो असिना र वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा प्रभावित भएको छ। असिना जमेर धावनमार्ग सञ्चालन गर्न नसकिएपछि विमानस्थलको उडान तथा अवतरण सेवा अस्थायी रूपमा बन्द गरिएको हो।

दिउँसो करिब १ः४५ बजेदेखि परेको बाक्लो असिनाले धावनमार्ग तथा जहाज आवतजावत गर्ने मार्ग ढाकिएपछि हवाई सेवा रोकिएको विमानस्थल प्रशासनले जनाएको छ। मौसममा आएको अचानक परिवर्तनका कारण अवतरणको तयारीमा रहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका आठवटा विमान आकाशमै रोकिएका थिए।

विज्ञापन

विमानस्थलका प्रवक्ता सञ्जयकुमारका अनुसार असिना जमेर धावनमार्ग असुरक्षित बनेपछि उडान तथा अवतरणमा रोक लगाइएको हो। असिना हटाउने छुट्टै उपकरण उपलब्ध नभएकाले दमकलको प्रयोग गरी धावनमार्ग सफा गर्ने काम भइरहेको छ।

मौसम प्रतिकूल भएपछि राजविराज उडानको तयारीमा रहेको बुद्ध एयर र बैंकक उडानका लागि तयार थाई एयरवेजको विमान पार्किङ क्षेत्रमा फर्किएका थिए।

असिना र वर्षाका कारण विमानस्थलको भौतिक संरचनामा समेत असर परेको छ। आन्तरिक प्रस्थान कक्षको सुरक्षा जाँच हुने क्षेत्रमा छतको प्यानल बत्तीबाट पानी चुहिएपछि यात्रु व्यवस्थापनमा थप समस्या देखिएको छ।

विमानस्थल प्रशासनले मौसममा सुधार आई धावनमार्ग पूर्ण रूपमा सञ्चालनयोग्य भएपछि मात्रै नियमित उडान तथा अवतरण सेवा पुनः सुरु हुने जनाएको छ। आकस्मिक मौसम परिवर्तनका कारण यात्रु तथा हवाई सेवा कम्पनी प्रभावित भएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka