Premier Cables
Premier Steel

अपराध विराटनगर

विराटनगरमा ‘प्रहरी हौं ‘ भन्दै अपहरण र लुटपाट गर्ने दुई जना पक्राउ

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार १६, २०८२  | अपराह्न १:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । आफूलाई प्रहरीको रूपमा चिनाउँदै अपहरण र लुटपाट गर्ने दुई जना युवालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

मोरङ प्रहरीका अनुसार असार ११ गते बिहान करिब ११:१५ बजे विराटनगर महानगरपालिका–१३ को महतो टोलबाट तीन जनाको समूहले एक व्यक्तिलाई नियन्त्रणमा लिई अपहरण गरेका थिए। प्रहरीजस्तो अभिनय गर्दै ती व्यक्तिहरूले विक्रमकुमार साहलाई अपहरण गरी विराटनगर–१५ स्थित आँखा अस्पताल नजिकको रेलवे लाइनसम्म लगेर धम्क्याएर नगद लुटेका थिए।

बिज्ञापन

पीडित विक्रम साहका भिनाजु धर्मानन्द साहका अनुसार विक्रमले सापटी लिएको तीन लाख चौंसठी हजार रुपैयाँ लिएर घर फर्कंदै गर्दा अपहरणमा परेका थिए। समूहले आफूहरू प्रहरी भएको बताउँदै विक्रमलाई नियन्त्रणमा लिई पछाडि फर्केर हेरेमा ज्यान मार्ने धम्की दिएको र त्यसपछि रकम लुटेको बताइएको छ। लुटपाटपछि उनीहरूले विक्रमलाई सोही स्थानमा छाडेर फरार भएका थिए।

अनुसन्धानपछि मोरङ प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा विराटनगर–८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २५ वर्षीय तासिब अन्सारी रहेका छन्। घटनामा संलग्न तेस्रो व्यक्ति भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka