Premier Cables
Premier Steel

खेलकुद

पूर्व पाकिस्तानी प्रधानमन्त्री इमरान खान मध्यरातमा जेलबाट अस्पताल लगिए

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक २५, २०८३  | अपराह्न १:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य परीक्षण तथा उपचारका लागि मंगलबार राति कडा सुरक्षाबीच रावलपिण्डीस्थित अदियाला जेलबाट इस्लामावादको पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पिम्स) अस्पताल लगिएको छ।

अस्पतालका एक अधिकारीका अनुसार खानको स्वास्थ्य परीक्षण तथा उपचारका लागि चिकित्सकहरूको विशेष टोली तयारी अवस्थामा राखिएको थियो।

विज्ञापन

बीबीसी उर्दूका अनुसार अस्पतालमा उनको रक्तचाप, शरीरको तापक्रम, आँखाको दृष्टिलगायत विभिन्न स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षण तथा उपचारपछि करिब डेढ घण्टामा उनलाई पुनः जेल फर्काइएको थियो।

जेल प्रशासनका अनुसार खानलाई बुधबार बिहान १ः४० बजे अस्पताल लगिएको थियो भने बिहान ३ः२५ बजे अदियाला जेल फिर्ता ल्याइएको थियो। चिकित्सकहरूले उनको स्वास्थ्य अवस्थाबारे प्रतिवेदन सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

यसअघि नोभेम्बर ८ मा पनि जेलभित्रै उनको स्वास्थ्य परीक्षण गरिएको थियो।

एक करोड ९० लाख पाउन्डको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा पनि खानको स्वास्थ्य अवस्थाबारे प्रश्न उठेको थियो। उनका कानुन व्यवसायी सलमान सफदरले अदालतसमक्ष खानको रक्तचाप नियन्त्रणमा नरहेको बताएका थिए।

यसैबीच, इस्लामावाद उच्च अदालतले बुधबार खानलाई उनका कानुन व्यवसायी सलमान सफदर र सरदार लतिफ खोसा तथा पत्नी बुशरा बीबीसँग एक घण्टा भेटघाटको व्यवस्था मिलाउन जेल प्रशासनलाई निर्देशन दिएको छ।

स्रोतः बीबीसी उर्दू, अनलाइनखबर।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka