Premier Cables
Premier Steel

अपराध

दुई युवकबाट नक्कली पेस्तोल र तरबार बरामद

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक १४, २०८२  | बिहान ९:५८ बजे
Hamro Biratnagar Headlines

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जार चोक क्षेत्रमा शङ्कास्पद रूपमा यात्रा गरिरहेका दुई युवकबाट प्रहरीले नक्कली पेस्तोल र तरबार बरामद गरेको छ।

बिहीबार दिउँसो करिब ३ बजे प्रहरीले धरानबाट कालाबन्जारतर्फ आउँदै गरेको को ८ प ९५५६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

बिज्ञापन

प्रहरीका अनुसार पक्राउ परेकामध्ये चालक धरान–५ बस्ने २१ वर्षीय अंकु उर्फ विमल बराइली र पछाडि सवार २७ वर्षीय रवीन्द्र सैलिको साथबाट नक्कली प्लास्टिकको पेस्तोल १ थान, सानो फलामको तरबार १ थान, स्क्रिन टच मोबाइल १ थानसहितका सामान फेला पारिएको हो।

उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरी चौकी भरौलमा राखिएको प्रहरीले जनाएको छ। स्थानीय क्षेत्रमा आपराधिक गतिविधि बढ्न नदिन प्रहरी सक्रिय रूपमा निगरानीमा रहेको समेत प्रहरी स्रोतले जानकारी दिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka