Premier Cables
Premier Steel

राष्ट्रिय

पत्नीको जिम्मा लगाएर रिहा भए टोपबहादुर रायमाझी

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक २६, २०८३  | बिहान १०:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं, मंसिर २६। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कारागारमा कैद सजाय भोगिरहेका नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन्।

६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुटको सुविधा माग गर्दै उनले दिएको निवेदनका आधारमा कारागारबाट रिहाइ गरिएको हो। रिहाइपछि उनलाई पत्नी तथा परिवारका सदस्यको जिम्मा लगाइएको कारागार स्रोतले जनाएको छ।

विज्ञापन

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए। काठमाडौं जिल्ला अदालतले उनलाई ठगी, संगठित अपराध तथा राज्यविरुद्धको अपराधमा दोषी ठहर गर्दै चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सुनाएको थियो।

नेपालको कानुनी व्यवस्थाअनुसार ६५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकले तोकिएका सर्त पूरा गरेको अवस्थामा कैद सजायमा २५ प्रतिशतसम्म छुट पाउने व्यवस्था छ।

सोही कानुनी व्यवस्थाअनुसार रायमाझीले पाएको कैद छुट सुविधापछि उनी कारागारमुक्त भएका हुन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka