Premier Cables
Premier Steel

अर्थ विराटनगर

विद्युत् महसुलको भ्याट पुनरावलोकन गर्न पूर्वका उद्योगीको माग

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज २८, २०८३  | अपराह्न १२:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विद्युत् महसुलमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) ले उद्योगको उत्पादन लागत बढाएको भन्दै मोरङका उद्योगीले सरकारसँग तत्काल पुनरावलोकन गर्न माग गरेका छन्। उद्योग संगठन मोरङमा आयोजित छलफलमा उद्योगीहरूले औद्योगिक क्षेत्रको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

संगठनका अध्यक्ष नन्दकिशोर राठीले विद्युत् महसुलमा लगाइएको भ्याटले उद्योगको लागत बढाएको उल्लेख गर्दै यस नीतिको पुनरावलोकन गर्न आग्रह गरे। उनले नयाँ तथा विदेशी लगानी आकर्षित गर्न र औद्योगिक विकासलाई गति दिन उद्योगमैत्री नीति आवश्यक रहेको बताए।

विज्ञापन

राठीका अनुसार भ्याट लाग्ने वस्तुको उत्पादन गर्ने उद्योगले विद्युत् महसुलमा तिरेको कर समायोजन गर्न पाउने भए पनि प्रक्रिया लामो हुँदा उद्योगको चालु पुँजीमा दबाब परेको छ। यसले उद्योगको लागत बढाउनुका साथै व्यवसाय सञ्चालनमा कठिनाइ सिर्जना गरेको उनको भनाइ छ।

संगठनका निवर्तमान अध्यक्ष राकेश सुरानाले विभिन्न कारणले बन्द भएका उद्योग पुनः सञ्चालन गर्न सहुलियतसहितको नीतिगत व्यवस्था गर्नुपर्ने बताए। पूर्वअध्यक्ष सुयश प्याकुरेलले निर्यातमुखी औद्योगिकीकरणलाई प्राथमिकता दिँदै नेपाली उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए।

उपाध्यक्ष सुरेन्द्र गोल्छाले उद्योग स्थापना र सञ्चालनका प्रक्रियागत जटिलता, लगानी प्रवर्द्धनमा देखिएका अवरोध तथा नयाँ लगानी आकर्षित गर्न नसकिएको विषय उठाए। अर्का उपाध्यक्ष विपिन काबराले सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रममा सभापति अन्सारीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग समन्वय गरी लगानीमैत्री वातावरण निर्माण गर्न पहल भइरहेको जानकारी दिए। उद्योगीहरूले औद्योगिक लागत घटाउन र उत्पादन क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाउन सरकारले नीतिगत सुधार गर्नुपर्ने माग गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka