नोट: यो समाचार १ महिना अघिको हो
एजेन्सी — भारतको उत्तर-पूर्वी राज्य आसाममा रेलको ठक्करले ७ वटा हात्तीको ज्यान गएको छ । मारिनेमा छावाहरु पनि रहेको प्रहरीले जनाएको छ ।
आसाम राज्यको होजाई जिल्लामा शनिबार बिहानै भएको यो घटनामा एक छावा पनि घाइते भएको प्रहरीले जनाएको छ ।
उत्तर-पूर्व सीमान्त रेलवेले भनेको छ, ‘ रेल चालकले दर्जनौं हात्तीहरू देखे र आपतकालीन ब्रेक प्रयोग गरे । यसका बाबजुद केही हात्ती ठोक्किए ।’
यसक्रममा रेलका पाँचवटा डिब्बा दुर्घटनाग्रस्त भएको रेलवेले जनाएको छ । तर दिल्लीतर्फ गइरहेको यो एक्व्रेस रेलमा सवार यात्रु र कर्मचारीहरूलाई चो६ नलागेका पनि रेलवेले जानकारी दिएको छ ।
पशु चिकित्सकहरुले जाँच गरेपछि मृत हात्तीहरुलाई गाडिएको थियो । आसाममा भारतकै सबैभन्दा ठूलो संख्यामा हात्तीहरु छन् । यस राज्यमा झन्डै ६,००० हात्ती रहेको सरकारी गणनाले देखाउँछ
