विराटनगर । स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने तथा महिलालाई स्तन स्वास्थ्यप्रति सचेत गराउने उद्देश्यले भोलि (अक्टोबर १५) बिराट नर्सिङ होममा विशेष स्तन क्यान्सर सचेतना कार्यक्रम आयोजना हुने भएको छ।
‘Say Yes to Pink October’ अर्थात् स्तन क्यान्सर सचेतना अभियानअन्तर्गत आयोजना हुने कार्यक्रम बिहान ११ बजे सुरु हुनेछ। कार्यक्रममा स्तन स्वास्थ्य, स्तन क्यान्सरको पहिचान तथा समयमै विशेषज्ञ परामर्श लिनुको महत्त्वबारे जानकारी प्रदान गरिनेछ।
यसै अवसरमा Consultant Oncoplastic Breast Surgeon डा. योशिका भट्टराईसँग निःशुल्क विशेषज्ञ परामर्श सेवा पनि उपलब्ध गराइनेछ। कार्यक्रमपछि उक्त परामर्श सेवा प्रत्येक बिहीबार दिउँसो २ बजेदेखि ४ बजेसम्म बिराट नर्सिङ होममा नियमित रूपमा सञ्चालन हुनेछ।
स्तनमा गाँठो देखिनु, आकार वा छालामा परिवर्तन आउनु तथा मुन्टोबाट असामान्य स्राव हुनुजस्ता लक्षणलाई बेवास्ता नगर्नु महत्त्वपूर्ण हुन्छ। यस्ता लक्षण देखिँदैमा क्यान्सर नै भएको भन्ने हुँदैन, तर आवश्यक जाँच तथा विशेषज्ञ परामर्श लिनु उचित हुन्छ। लक्षण नदेखिएका महिलाले पनि आफ्नो उमेर र जोखिमअनुसार स्तन स्वास्थ्य परीक्षणबारे चिकित्सकसँग परामर्श लिन सक्छन्।
स्तन स्वास्थ्यसम्बन्धी जाँचलाई प्रोत्साहन गर्ने उद्देश्यले अभियानअन्तर्गत Breast USG, Mammography लगायतका परीक्षण समेटिएको प्याकेजमा विशेष छुटको व्यवस्था गरिएको छ। नियमित ४ हजार ८ सय रुपैयाँ पर्ने उल्लेखित प्याकेज विशेष छुटमा २ हजार ८ सय रुपैयाँमा उपलब्ध हुने जानकारी दिइएको छ।
स्तन क्यान्सरको समयमै पहिचान तथा आवश्यक स्वास्थ्य सेवाबारे जानकारी लिन चाहने महिलाहरूलाई भोलि बिहान ११ बजे आयोजना हुने कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ। साथै, विशेषज्ञसँग परामर्श लिन चाहनेहरूले त्यसपछि प्रत्येक बिहीबार दिउँसो २ देखि ४ बजेसम्म उपलब्ध हुने निःशुल्क परामर्श सेवाको लाभ लिन सक्नेछन्।
