Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा कात्तिक २० गते म्युजिक फेस्टिभल हुने

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज २६, २०८३  | अपराह्न १२:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । लाइभ इन्टरटेन्टमेन्टले विगत चार वर्षदेखि चाडपर्वको अवसरमा आयोजना गर्दै आएको ‘विराटनगर म्युजिक फेस्टिभल’ यस वर्ष कात्तिक २० गते शुक्रबार हुने भएको छ।

आयोजक लाइभ इन्टरटेन्टमेन्टले सोमबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गर्दै कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।

विज्ञापन

विराटनगरस्थित जैन भवनमा आयोजना हुने फेस्टिभलमा विभिन्न नेपाली तथा विदेशी परिकारका साथै साँझ सांगीतिक कार्यक्रमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ। कार्यक्रममा अब्लटोस ब्यान्ड र रकहेड ब्यान्डको प्रस्तुति रहनेछ।
आयोजक समितिका संयोजक सन्तोष महतका अनुसार कार्यक्रममा प्रवेश शुल्क ३०० रुपैयाँ निर्धारण गरिएको छ भने भिआइपी टिकटको मूल्य एक हजार रुपैयाँ राखिएको छ।

कात्तिक २० गते शुक्रबार दिउँसो ४ बजेदेखि सुरु हुने कार्यक्रम राति १० बजेसम्म सञ्चालन हुनेछ। फेस्टिभलमा विराटनगरसहित आसपासका क्षेत्रबाट ठूलो संख्यामा दर्शक सहभागी हुने अपेक्षा आयोजकले गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka