Premier Cables

विराटनगर

विराटनगरको दक्षिणी क्षेत्रको विकासमा समेत उत्तिकै काम गरिरहेका छौं : मेयर नागेश कोइराला

Calendar बिहिबार, असार १२, २०८२  | साँझ ४:१० बजे

विराटनगर । भएको कामलाई समेत भएन भन्दा दुःख लाग्ने गरेको विराटनगरका मेयर नागेश कोइरालाले बताएका छन् ।

विहीबार विराटनगरको रानीमा आयोजित युवासँग मेयर कार्यक्रममा महानगरबासीले उठाएको प्रश्नको जवाफ दिदैँ मेयर कोइरालालाई तीन खण्ड बनाएर महानगरको दक्षिणी भेगको विकासमा ध्यान दिइएको बताए ।
कोइरालाले भने,‘हामी समान विकासको लागि चिन्तित छौं । दक्षिणी भेगमा समेत उत्तिकै विकास गर्ने हाम्रो लक्ष्य छ ।’ कोइरालाले दक्षिणी भेगको मन्टापोखरी पुर्ननिर्माण र संरक्षण गरिएको कार्यक्रममा बताए ।

बिज्ञापन

दक्षिणी क्षेत्रमा सार्वजनिक शौचालयको समेत व्यवस्थापन गरिएको बताउँदै मेयर कोइरालाले दक्षिणी क्षेत्रमा छाडा चौपायाको विषयमा जिज्ञासा उठाएपछि खुला रुपमा छाडिएका विषयमा महानगर प्रहरीलाई जानकारी गराउन आग्रह गरे । केशलियाको बाढीबाट हुने डुबानको विषयमा समेत स्थानीयले मेयर कोइरालालाई जानकारी गराएका थिए ।

लागूऔषधका कारण उत्पन्न समस्याबारे पनि स्थानीयले मेयर कोइरालालाई जानकारी गराएका थिए । नयाँ आर्थिक वर्षको लागि ल्याइएको बजेटलाई पनि सन्तुलित ढंगले सबैतिर विकास विकास प्रवाह हुने गरी विनियोजन गरिएको जानकारी गराए । स्थानीयले विकास निर्माण, स्वास्थ्य, शिक्षा जस्ता विषयमा महानगरका मेयरसँग प्रश्न गरेका थिए । लागूऔषधका समस्या राेक्न जनचेतना जरूरी रहेकाे काेइरालाले बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो