Premier Cables
Premier Steel

समाचार

विराटनगरमा घरको छतबाट खसेर एक पुरुषको मृत्यु

Calendar बुधबार, आश्विन ०८, २०८२  | बिहान १०:४७ बजे

विराटनगर। विराटनगर महानगरपालिका–११ मा एक पुरुषको घरको छतबाट खस्दा मृत्यु भएको छ।

मोरङ प्रहरीका अनुसार ५६ वर्षीय राजेन्द्रप्रसाद पौडेल मंगलबार राति आफ्नै तीन तले घरको छतबाट खसेका थिए। राति करिब ११:४५ बजे छतबाट खसेपछि गम्भीर घाइते भएका उनलाई तुरुन्तै उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम लगिएको थियो। तर, अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

बिज्ञापन

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार पौडेल कसरी छतबाट खसे भन्ने विषयमा यकिन भइसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

पौडेलको शव हाल विराट नर्सिङ होममै राखिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka