Premier Cables
Premier Steel

कोशी प्रदेश

मोहम्मद जयन्तीले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव बलियो बनाउँछ: मुख्यमन्त्री कार्की

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र १०, २०८३  | बिहान ९:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मजयन्ती (मोहम्मद जयन्ती) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

बुधबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले मोहम्मद जयन्तीजस्ता पवित्र अवसरहरूले समाज रूपान्तरण, शान्ति, मानवता, करुणा, समानता र सामाजिक न्यायका लागि अग्रजहरूले दिएको योगदान तथा सन्देशको स्मरण गराउने बताएका छन्। नेपाल एक बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक भएको उल्लेख गर्दै उनले समाज रूपान्तरणमा धार्मिक अगुवाहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन्। यस्ता पर्वहरूले आपसी प्रेम, भाइचारा, सहिष्णुता, सद्भाव र सहयोगको भावना अभिवृद्धि गर्दै समुन्नत र समृद्ध समाज निर्माण गर्न सहयोग पुर्‍याउने विश्वास उनको छ।

बिज्ञापन

कोशी प्रदेश सरकार आफ्नो स्थापना कालदेखि नै प्रदेशभित्र रहेका सबै जातजाति, धर्म, भाषा, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण र संवर्धनका लागि क्रियाशील रहँदै आएको मुख्यमन्त्री कार्कीले स्पष्ट पारेका छन्। प्रदेशमा रहेका सबै समुदायबीचको एकता, सद्भाव र सहकार्यलाई अझ मजबुत बनाउँदै समुन्नत, समावेशी र न्यायपूर्ण समाज निर्माण गर्न सरकार निरन्तर प्रतिबद्ध रहेको उनको भनाइ छ।

अन्त्यमा, यस पावन अवसरले सम्पूर्ण नेपालीबीचको आपसी सद्भाव, भाइचारा, एकता र मेलमिलापलाई अझ सुदृढ बनाउने अपेक्षा गर्दै मुख्यमन्त्री कार्कीले पुनः एकपटक मोहम्मद जयन्तीको शुभकामना व्यक्त गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka