Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशीका मुख्यमन्त्री इलामको माङ्सेबुङ पुगे, गजुरमुखी धाममा विपद् प्रभावित क्षेत्रको निरीक्षण

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज २१, २०८२  | बिहान ११:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

इलाम । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विपद् प्रभावित क्षेत्र इलाम जिल्लाको माङ्सेबुङ गाउँपालिकास्थित गजुरमुखी धामको स्थलगत निरीक्षण गरेका छन्।

मुख्यमन्त्री कार्कीले गजुरमुखी धाम पुगेर त्यहाँका विपद् प्रभावित परिवारहरूसँग भेटघाट गरी उनीहरूका समस्याबारे छलफल गरेका हुन्।

बिज्ञापन

निरीक्षणका क्रममा मुख्यमन्त्री कार्कीसँगै माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राई पनि सहभागी थिए। मुख्यमन्त्रीले प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिनुका साथै स्थानीय बासिन्दाका गुनासो र आवश्यकताहरूका बारेमा समेत छलफल गरेका थिए।

हालैको विपद्का कारण प्रभावित बनेका परिवारहरूलाई सरकारको तर्फबाट आवश्यक सहयोग र राहत उपलब्ध गराउने प्रतिबद्धता मुख्यमन्त्री कार्कीले व्यक्त गरेको बुझिएको छ। यस भ्रमणले विपद्पछिको पुनर्निर्माण र राहत कार्यलाई थप प्रभावकारी बनाउने कार्कीले बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka