Premier Cables
Premier Steel

कोशी प्रदेश

मुख्यमन्त्री कार्कीको रोष: हुकुमी शासन चल्दैन,संविधान र कानुनअनुसार चल्नुपर्छ

Calendar बिहिबार, असोज ०९, २०८२  | बिहान ६:४१ बजे

काठमाडौ । नेकपा (एमाले)का नेता तथा कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले कानून र संविधानको परिधिभित्र रहेर शासन सञ्चालन गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् एक सन्देश जारी गर्दै उनले विधिको शासन, कानूनीराज र संवैधानिक सर्वोच्चता भएको देशमा हुकुमी शासन नचल्ने बताएका छन्।

बिज्ञापन

संघीय सरकारले सांसदका स्वकीय सचिव कटौती लगायतका निर्णय गरेसँगै कार्कीको यस्तो अभिव्यक्ति आएको हो ।

उनले लेखेका छन्, “देश, प्रदेश र स्थानीय तहमा सुशासनसहित र भ्रष्टाचार रहित ढंगले चल्नु/चलाउनु पर्छ।” साथै, सबैले आफ्नो-आफ्नो कानूनी दायरा र क्षेत्राधिकार भित्र रहेर निर्णय र काम गर्नु नै लोकतान्त्रिक संस्कार भएको समेत उनले स्पष्ट पारेका छन्।

“हामी सबै चल्नु / चलाउनु पर्छ, संविधान र कानुन संगत ढंगले ! जनताको बहुलीय जनवाद जिन्दावाद ! नेकपा (एमाले) जिन्दावाद !” भनी उनले आफ्नो सन्देश अन्त्य गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka