Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा प्रहरी कर्मचारीलाई रक्षा बन्धनको अवसरमा राखी बाँधियो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ०९, २०८३  | बिहान ११:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । रक्षा बन्धनको पावन अवसरमा जिल्ला प्रहरी कार्यालय, मोरङमा कार्यरत प्रहरी कर्मचारीहरूलाई राखी बाँध्ने विशेष कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङको प्राङ्गणमा आयोजित उक्त कार्यक्रम मारवाडी महिला मञ्च विराटनगर, तेरापंथ महिला मण्डल, महेश्वरी महिला मञ्च, नेपाल मारवाडी महिला ब्राह्मण मञ्च र नेपाल अग्रवाल महिला मञ्चको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रममा विभिन्न मञ्चका अध्यक्ष, पदाधिकारी तथा सदस्य दिदीबहिनीहरूले अहोरात्र शान्ति सुरक्षामा खटिने प्रहरी कर्मचारीहरूलाई रक्षा सूत्र (राखी) बाँधिदिएका थिए। सो क्रममा उनीहरूले प्रहरी कर्मचारीहरूको दीर्घायु, सुस्वास्थ्य एवं सफलताको कामनासमेत गरे।

बिज्ञापन

नागरिक र प्रहरीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने तथा समाजको सुरक्षामा खटिने सुरक्षाकर्मीप्रतिको सम्मान प्रकट गर्ने उद्देश्यले उक्त राखी बाँध्ने कार्यक्रमको आयोजना गरिएको आयोजक समितिले जनाएको छ। कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी अधिकारीहरूसहित उल्लेख्य सङ्ख्यामा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka