Premier Cables
Premier Steel

विराटनगर

अल्मुनाइ एशोसिएसन नेपालको ८ औं वार्षिकोत्सव सम्पन्न

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, पुष ०९, २०८२  | राती ८:४२ बजे
Hamro Biratnagar Headlines

विराटनगर । अल्मुनाइ एशोसिएसन नेपालको ८ औं वार्षिकोत्सव श्री शिवदल गण, थलाहा ब्यारेक मोरङमा भव्य रूपमा सम्पन्न भएको छ।

वार्षिकोत्सव कार्यक्रम गणपति प्रमुख सेनानी अरुण कार्की र  अल्मुनाइ एशोसिएसन नेपाल मोरङकी  जिल्ला निर्देशक समिक्षा कार्की प्रमुख  आतिथ्यतामा सम्पन्न भएको हो।

बिज्ञापन

कार्यक्रमका अवसरमा ब्यारेक हाताभित्र वृक्षारोपण, दुर्गा मन्दिर सरसफाइ, सांस्कृतिक कार्यक्रम तथा प्रमुख अतिथिद्वय गणपति  अरुण कार्की  र निर्देशक समिक्षा कार्की बाट  शुभकामना मन्तव्य व्यक्त गरिएको थियो।

वक्ताहरूले एन.सि.सि. मार्फत युवामा अनुशासन, नेतृत्व विकास र राष्ट्रप्रतिको जिम्मेवारी भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

कार्यक्रम सफल रूपमा सम्पन्न गर्न महत्वपूर्ण सहयोग पुर्‍याउनु भएकोमा श्री शिवदल गणका गणपति प्रमुख सेनानी  अरुण कार्की लाई  विशेष धन्यवाद ज्ञापन गरिएको छ। साथै उक्त गणका सम्पूर्ण अधिकृत, पदिक तथा सकल दर्जाप्रति कृतज्ञता व्यक्त गरिएको छ।

त्यसैगरी एन.सि.सि. अल्मुनाइ एशोसिएसन नेपाल मोरङका निर्देशक समिक्षा सुतार कार्की , कार्यसमिति सदस्यहरू, सल्लाहकार समिति तथा विभिन्न विद्यालयका एन.सि.सि. क्याडेटहरूको सक्रिय सहभागिताले कार्यक्रम थप सफल बनेको आयोजकले जनाएको छ।

कार्यक्रम एन.सि.सि. अल्मुनाइ एशोसिएसन नेपाल मोरङको आयोजनामा सम्पन्न भएको हो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka