Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा असोज २७ र २८ गते ‘दशैं कप’ इन्डोर क्रिकेट प्रतियोगिता हुने

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज २६, २०८३  | साँझ ४:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विजया दशमीको अवसरमा सिद्धार्थ स्पोर्टिङ क्लब विराटनगरले ‘दशैं कप २०८३’ इन्डोर क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ।

क्लबले आइतबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो। क्लबका प्रतिनिधि अफताब अलीका अनुसार प्रतियोगिता असोज २७ र २८ गते विराटनगरस्थित भीआईपी रोडमा रहेको जेनियल फुटसलमा सञ्चालन हुनेछ। प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ।
आपसी भाइचारा, सद्भाव अभिवृद्धि तथा खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अलीले बताए। प्रतियोगितामा सहभागी हुने प्रत्येक टिमले चार हजार एक सय रुपैयाँ प्रवेश शुल्क बुझाउनुपर्नेछ।

विज्ञापन

प्रतियोगिताको विजेताले नगद २१ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ११ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछ। त्यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिता सञ्चालनका लागि करिब एक लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। स्थानीय क्रिकेट प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै युवालाई सकारात्मक गतिविधिमा जोड्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको अलीले बताए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka