Premier Cables

समाचार

प्रतिनिधि सभा बैठक बुधबार दिउँसो बस्ने

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ०२, २०८३  | साँझ ७:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ। प्रतिनिधि सभाको बैठक आगामी भदौ ३ गते बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। सोमबार बसेको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर, वार्षिक प्रतिवेदन पेस तथा विधेयकमाथिको सैद्धान्तिक छलफल सम्पन्न भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित भएको घोषणा गर्नुभएको हो।

परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क पौडेल र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दिनुभएको थियो।

विज्ञापन

यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार) सभासमक्ष पेस गर्नुभएको छ।

बैठकले परराष्ट्रमन्त्री शिशिर खनालद्वारा प्रस्तुत ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। यससँगै विधेयकमाथिको सैद्धान्तिक छलफल समाप्त भई संशोधन दर्ताको प्रक्रिया अगाडि बढेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka