Premier Cables
Premier Steel

राजनीति

प्रतिनिधिसभा बैठक फेरि स्थगित, अब शनिबार बिहान ११ बजे बस्ने

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार १२, २०८३  | बिहान १०:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रतिनिधिसभाको बैठक फेरि सूचना प्रकाशित गर्दै स्थगित गरिएको छ। शुक्रबार (असार १२) दिउँसो १ बजे बस्ने तय भएको बैठक विशेष कारण देखाउँदै शनिबार (असार १३) बिहान ११ बजेका लागि सारिएको संघीय संसद् सचिवालयले जनाएको छ।

सचिवालयले जारी गरेको सूचनाअनुसार प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठकको नयाँ मिति र समय निर्धारण गरेका हुन्।

विज्ञापन

यसअघि असार ११ गतेका लागि बोलाइएको बैठक पनि सूचना टाँसेर असार १२ मा सारिएको थियो। तर, शुक्रबार पनि बैठक बस्न नसकेपछि फेरि एक दिनका लागि स्थगित गरिएको हो।

बैठक स्थगनको मुख्य कारण सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशन रहेको बताइएको छ। असार ७ गते तीनदिने कार्यक्रमका रूपमा सुरु भएको महाधिवेशन लम्बिएको छ भने पदाधिकारी चयनपछि आज (असार १२) समापन गर्ने तयारी गरिएको छ।

हाल मन्त्री, सांसदसहित रास्वपाका अधिकांश शीर्ष नेता चितवनको भरतपुरमा महाधिवेशनमा सहभागी रहेकाले प्रतिनिधिसभा बैठक प्रभावित भएको जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

कोशीको आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड, विराटनगरका उद्योगीले सुनाए समस्या

Clock Iconआइतबार, मंसिर १३, २०८३

कोशीमा निजी क्षेत्रसँग आर्थिक संवाद गर्न रास्वपा महामन्त्रीसहितका नेता विराटनगरमा

Clock Iconआइतबार, मंसिर १३, २०८३

अयोध्या-जनकपुर रेलसेवाले पर्यटनको नयाँ ढोका खोल्यो, पर्यटक टिकाइराख्नु मुख्य चुनौती

Clock Iconआइतबार, मंसिर १३, २०८३

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka