Premier Cables
Premier Steel

राष्ट्रिय विराटनगर

शहीद रविन्द्र मेहताको शव हेलिकप्टरमार्फत देवानगञ्ज ल्याइयो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन २७, २०८३  | अपराह्न १२:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर | सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भई मृत्यु भएका रवीन्द्रकुमार मेहताको शव आज हेलिकोप्टरमार्फत कप्तानगञ्ज ल्याइएको छ। उनको शव आजै अन्त्येष्टि गर्ने तयारी गरिएको छ।

कप्तानगञ्जमा दुई समूहबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि रवीन्द्रकुमार मेहताको देब्रे तिघ्रामा गोली लागेको थियो। गोली लागेपछि उनलाई विराटनगर ल्याएर विराट नर्सिङ होममा उपचारका लागि भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको अवस्था गम्भीर बनेको थियो।

बिज्ञापन

कप्तानगञ्ज घटनामा गोली लागेर सुरुमा ओमप्रकाश मेहताको मृत्यु भएको थियो। त्यसपछि घटनामा घाइते भएका रवीन्द्रकुमार मेहतासहित अन्यको उपचार जारी रहेको थियो। सरकारले घटनामा मृत्यु भएका चार जनालाई सहिद घोषणा गरेको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्रकुमार मेहता तथा सिरहाका गणेशकुमार यादवलाई सहिद घोषणा गरिएको हो।

रवीन्द्रकुमार मेहताको शव आज हेलिकोप्टरबाट कप्तानगञ्ज ल्याइएपछि परिवारजन, आफन्त तथा स्थानीयवासीले श्रद्धाञ्जली अर्पण गरेका छन् । शोकमा रहेको कप्तानगञ्जमा आजै स्थानीय परम्पराअनुसार मेहताको अन्त्येष्टि गरिने तयारी गरिएको छ।

घटनापछि स्थानीयवासीले गोली चलाइएको विषयमा निष्पक्ष छानबिन गरी घटनाको वास्तविकता सार्वजनिक गर्न र दोषीमाथि कानुनी कारबाही गर्न माग गर्दै आएका छन्।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa