Premier Cables
Premier Steel

राष्ट्रिय समाचार

सुनसरी र सिरहाका प्रदर्शनमा मृत्यु भएका चार जना सहिद घोषणा

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन २६, २०८३  | साँझ ६:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । सरकारले सुनसरी र सिरहामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्रकुमार मेहता तथा सिरहाका गनेशकुमार यादवलाई सहिद घोषणा गरेको हो ।

बिज्ञापन

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार प्रदर्शनका क्रममा मृत्यु भएका उनीहरूलाई सरकारले सहिदको सम्मान दिने निर्णय गरेको हो ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीचको विवाद हिंसात्मक घटनामा ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्रकुमार मेहताको मृत्यु भएको थियो भने अन्य केही घाइते भएका थिए ।

त्यस्तै, सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर गनेशकुमार यादवको मृत्यु भएको थियो ।

चार जनालाई सहिद घोषणा गर्ने निर्णयसँगै सरकारले ती घटनामा मृत्यु भएका परिवारप्रति राज्यको औपचारिक सम्मान र जिम्मेवारी स्वीकार गरेको छ । घटनापछि प्रभावित क्षेत्रमा तनाव कम गर्न तथा घाइतेहरूको उपचार र सुरक्षा व्यवस्थापनका विषयमा समेत सरकारी निकाय सक्रिय रहँदै आएका छन्

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa