Premier Cables
Premier Steel

राष्ट्रिय

बर्खा र पहिरोले देशका प्रमुख तीन राजमार्ग अवरुद्ध

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख २२, २०८३  | बिहान १०:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । वर्षापछिको बाढी-पहिरोले देशका विभिन्न राजमार्ग आज पनि अवरुद्ध भएका छन्।

बीपी राजमार्ग, अरनिको राजमार्ग र मध्यपहाडी राजमार्गका तीन खण्ड यतिबेला पहिरोले पूर्णरुपमा अवरुद्ध रहेका प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा सवारी चालक र यात्रुले सास्ती पाएका छन्।

बिज्ञापन

काभ्रेको नमोबुद्ध नगरपालिका- ६ चौकीडाँडा र रोशी गाउँपालिका ७ घुमाउने, चारसय बेँसी लगायतका ठाउँमा पहिरो खस्दा बीपी राजमार्ग अहिले पूर्णरुपमा अवरुद्ध छ। बीपी राजमार्ग सोमबार साँझदेखि नै अवरुद्ध बनेको हो।

त्यसैगरि सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीमा ईकु पहिरो खस्दा अरनिको राजमार्ग पनि अवरुद्ध छ। त्यहाँ पनि सवारी आवागमन पूर्णरूपमा रोकिँदा यात्रुले दुःख पाएका छन्।

उता लमजुङको मध्यनेपाल नगरपालिका-१० बिमिरे भञ्ज्याङमा पहिरो खस्दा मध्यपहाडी राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध छ।

त्यसैगरि ललितपुरको बागमती गाउँपालिका ३ भालुखोला र मकवानपुरको भिमफेदी गाउँपालिका ८ भन्ज्याङडाँडामा पहिरो खस्दा कान्ति लोकपथ एकतर्फी अवरुद्ध बनेको छ। त्यहाँ मुस्किलले सवारी साधन वारपार भइरहेका छन्।

त्यसैगरि म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ जलथलेमा पनि पहिरो खस्दा बेनी जोमसोम सडक पनि एकतर्फी अवरुद्ध बनेको छ।

पहिरो पन्छाएर अवरुद्ध सडकमा गाडी सञ्चालनको तयारी भइरहेको पनि प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka