Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी प्रदेशमा तमोर करिडोर र मेची राजमार्ग अवरुद्ध

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक १४, २०८२  | बिहान ८:५६ बजे
Hamro Biratnagar Headlines

विराटनगर । निरन्तरको वर्षाका कारण बाढी र पहिरोका कारण विभिन्न जिल्लामा राजमार्ग अवरुद्ध भएका छन्। तमोर करिडोर, मेची राजमार्ग र बीपी राजमार्गमा बाढी र पहिरोको असर देखिएको छ।

पाँचथर र धनकुटाको सिमानामा पर्ने नावा खोलामा बाढी आएपछि धरान, धनकुटा, मूलघाट हुँदै पाँचथर र ताप्लेजुङलाई जोड्ने तमोर करिडोर अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ।

बिज्ञापन

त्यसैगरी, मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली क्षेत्रमा पनि बाटो बन्द छ। गत असोजमा आएको बाढी र पहिरोले क्षति पुर्याएपछि खोलिएको नयाँ ट्र्याकमा विभिन्न स्थानमा पहिरो जाँदा र जमिन भासिएका कारण राजमार्ग अवरुद्ध भएको हो।

मोन्था चक्रवातको आंशिक प्रभावले कोशी प्रदेशका इलामसहितका जिल्लामा थप जोखिम उत्पन्न हुने पूर्वानुमान सार्वजनिक भएसँगै जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझदेखि सो सडकखण्डमा सवारी आवागमनमा रोक लगाएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka