काठमाडौं । सरकारले सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाबाहेकका सबै सरकारी कार्यालयहरूको समय ९ देखि ५ बजेसम्म निर्धारण गरेको हो ।
बिज्ञापन
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले यो निर्णय शैक्षिक संस्थाबाहेकका कार्यालयहरूमा लागू हुने जानकारी दिए । उनका अनुसार नयाँ समयअनुसार अब कार्यालयहरू बिहान ९ बजेबाट सञ्चालन भई साँझ ५ बजे बन्द हुनेछन् ।