Premier Cables
Premier Steel

राजनीति

सभामुखमा रास्वपा सांसद डिपी अर्यालले गराए मनोनयन दर्ता

Hamro Biratnagar News Channel Calendar शुक्रबार, चैत्र २०, २०८२  | बिहान ११:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

उनको प्रस्तावकमा प्रतिनिधिसभा सदस्य तथा रास्वपा सभापति रवि लामिछाने रहेका छन् भने समर्थकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुन मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल रहेका छन् ।

बिज्ञापन

सभामुख पदको निर्वाचन चैत २२ गते हुने तय गरिएको छ । त्यसका लागि संघीय संसद सचिवालयले शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको थियो । उम्मेदवारको अन्तिम सूची साढे २ बजे प्रकाशित गरिनेछ ।

निर्वाचनको दिन बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख चयनका लागि प्रस्ताव प्रस्तुत गरिनेछ, जसमा प्रस्तावकले प्रस्ताव राख्ने र समर्थकले समर्थन जनाउनेछन् । त्यसपछि उम्मेदवारीमाथि सामूहिक छलफल गरी निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ ।

रास्वपाको बिहीबार बसेको बैठकले सभामुख पदमा अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको बलियो उपस्थितिका कारण अर्यालको जित लगभग निश्चित मानिएको छ ।

हाल सभामुख पद रिक्त रहेकाले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले बैठकको अध्यक्षता गर्दै आएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka