Premier Cables
Premier Steel

राष्ट्रिय

प्रधानमन्त्रीको सपथमा केपी ओली अनुपस्थित!

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, चैत्र १३, २०८२  | अपराह्न १:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले चैत १३ गते उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। यसअघि सोही दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पनि शपथ लिएका थिए।

प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय आफ्नै जिम्मेवारीमा राखेका छन्। अर्थमन्त्रीमा स्वर्णिम वाग्ले र गृहमन्त्रीमा सुधन गुरुङ नियुक्त भएका छन्।

बिज्ञापन

यस्तै, परराष्ट्र मन्त्रालय शिशिर खनाललाई दिइएको छ भने भौतिक पूर्वाधार, यातायात तथा सहरी विकास मन्त्रालयको जिम्मा सुनिल लम्सालले पाएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय विराजभक्त श्रेष्ठलाई र पर्यटन मन्त्रालय खड्कराज पौडेल गनेशलाई सुम्पिएको छ।

अन्य मन्त्रीहरूमा कानुनमन्त्री सोविता गौतम, शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता, सञ्चारमन्त्री विक्रम तिमिल्सिना, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, श्रममन्त्री दीपक साह तथा महिला, बालबालिका मन्त्री सीता वादी रहेका छन्। बालेन नेतृत्वको मन्त्रिपरिषद् उपप्रधानमन्त्रीविहीन रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka