Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

चीन पुगे पुटिन, ट्रम्प र सीसँग ऐतिहासिक त्रिपक्षीय वार्ता हुँदै

Hamro Biratnagar News Channel Calendar बुधबार, मंसिर ०२, २०८३  | बिहान १०:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन चीनको सेन्जेन पुगेका छन्। उनी स्थानीय समयअनुसार बुधबार बिहान करिब २ बजे सेन्जेनस्थित विमानस्थलमा अवतरण गरेका हुन्।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार विमानस्थलमा पुटिनलाई चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो स्थायी समितिका सदस्य काइ चीले स्वागत गरेका थिए। काइ ची चिनियाँ राष्ट्रपति सी चिनफिङका निकट सहयोगीसमेत हुन्।

विज्ञापन

पुटिनको स्वागतका लागि विमानस्थलमा रातो कार्पेट बिछ्याइएको थियो। चिनियाँ सैनिकले सम्मान गारद प्रस्तुत गरेका थिए भने कलाकारहरूले नृत्यसहित स्वागत गरेका थिए।

एपेक सम्मेलनका क्रममा पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग त्रिपक्षीय वार्ता गर्ने कार्यक्रम छ। तीन शक्तिशाली राष्ट्रका नेताबीच पहिलोपटक हुन लागेको यो भेटवार्ता नोभेम्बर १९ अर्थात् बिहीबार सेन्जेनमा हुने तय भएको छ।

अमेरिका, चीन र रुसबीचको आणविक हतियारको भण्डारण घटाउने विषय वार्ताको मुख्य एजेन्डा रहने बताइएको छ। यसबाहेक इरानसँग सम्बन्धित विषयमा पनि छलफल हुन सक्ने अमेरिकी अधिकारीहरूले बताएका छन्।

यद्यपि, वार्ताबाट तत्काल कुनै ठोस सम्झौता हुने अपेक्षा नरहेको अधिकारीहरूको भनाइ छ।

तीन नेताबीचको भेटलाई विश्व कूटनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। विशेषगरी अमेरिका, चीन र रुसबीचको सम्बन्ध तथा विश्व सुरक्षा र रणनीतिक स्थायित्वका विषयमा यो बैठकलाई चासोका साथ हेरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka