Premier Cables
Premier Steel

विराटनगर

अन्तर्राष्ट्रिय खगोल विज्ञान ओलम्पियाडमा विराटनगरकी स्नेहालाई कांस्य पदक

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर ०१, २०८३  | अपराह्न २:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा विराटनगरकी स्नेहा कोइरालाले कांस्य पदक जितेकी छन्। प्रतियोगितामा नेपाली विद्यार्थीले पहिलोपटक रजत पदकसहित कुल चार पदक जित्दै अन्तर्राष्ट्रियस्तरमा उल्लेखनीय सफलता हासिल गरेका छन्।

विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा कक्षा ११ मा अध्ययनरत स्नेहाले कांस्य पदक जितेकी हुन्। रुसको सिरियसमा शनिबार सम्पन्न प्रतियोगितामा नेपालका रिवाश राईले रजत तथा ओमराज पुरी र सुयश कोइरालाले कांस्य पदक प्राप्त गरेका छन्।

विज्ञापन

रजत पदक जितेका रिवाशले ‘डायमण्ड अफ द टिम’ सम्मानसमेत प्राप्त गरेका छन्। नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईका अनुसार अन्तर्राष्ट्रिय खगोल विज्ञान ओलम्पियाडमा नेपालले रजत पदक जितेको यो पहिलोपटक हो।

एभरेष्ट सेकेन्डरी स्कुलका प्रिन्सिपल टीकाराम पुरीले आफ्ना विद्यार्थीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक जित्नु विद्यालयका लागि गौरवको विषय भएको बताए। विद्यार्थीको क्षमता विकास र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि विद्यालयले गरेको प्रयासले सफलता पाउन थालेको उनको भनाइ छ।

यसअघि यसै महिना थाइल्यान्डमा सम्पन्न पाँचौँ अन्तर्राष्ट्रिय खगोल विज्ञान तथा खगोल भौतिकी ओलम्पियाड–जुनियरमा पनि नेपाली विद्यार्थीले दुई पदक जितेका थिए। उक्त प्रतियोगितामा शाहवाज आलमले स्वर्ण र सहज केसीले कांस्य पदक प्राप्त गरेका थिए। आलमले जितेको स्वर्ण अन्तर्राष्ट्रिय खगोल विज्ञान ओलम्पियाडमा नेपालले प्राप्त गरेको पहिलो स्वर्ण पदक हो।

एकै महिनामा भएका दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली विद्यार्थीले स्वर्ण, रजत र कांस्य पदक जित्नुलाई विज्ञान तथा खगोल विज्ञान क्षेत्रमा नेपालको बढ्दो सफलताका रूपमा हेरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka