Premier Cables
Premier Steel

राजनीति

भण्डारीको सक्रिय राजनीति घोषणामा ओली रक्षात्मक

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र १३, २०८२  | बिहान ८:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्कने घोषणा गर्दै पार्टीभित्र समानान्तर गतिविधि शुरू गरेपछि प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रक्षात्मक देखिन थालेका छन्।

भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गराए पनि आन्तरिक दबाब र नेताहरूको चासोले ओलीलाई झनै असहज बनाएको देखिन्छ।

बिज्ञापन

भण्डारीलाई पार्टीमै प्रवेश गर्न नदिने रणनीति अघि सारेका ओली अहिले उनी आए पनि अध्यक्ष पदमा जित्न नसक्ने र टिक्न नदिने भन्ने जस्ता टिप्पणी गर्दै रक्षात्मक मोडमा प्रवेश गरिरहेका छन्।

ओलीले भण्डारीको सदस्यता नवीकरणलाई अवैधानिक ठहर गर्दै विभिन्न औपचारिक तथा अनौपचारिक बैठकहरूमा यसबारे कुरा उठाइरहेका छन्। तर, भण्डारी न त यस निर्णयलाई स्वीकार गर्दैछिन्, न त ओली स्वयं मात्र यसबाट उनको सक्रियता रोक्न सकिन्छ भन्नेमा विश्वस्त छन्।

त्यसैले नेताहरूको भेटघाटमा ओलीले बारम्बार भण्डारीको प्रसंग उठाउने र कार्यकर्तालाई उनको पक्षमा नलाग्न चेतावनी दिने गरेका छन्।

बुधबार बालुवाटारमा आयोजित काठमाडौं जिल्ला विधान महाधिवेशन प्रतिनिधिहरूसँगको छलफलमा पनि ओलीको मनोविज्ञानमा भण्डारीको बढ्दो प्रभावले दबाब परेको स्पष्ट झल्किएको छ।

अध्यक्षको तेस्रो कार्यकालका लागि तयारी गरिरहेका ओली भण्डारी अध्यक्ष पदमा आउने हो भने चुनाव जित्न नसकिने आकलन गरिरहेका छन्।

भविष्यले देखाउनेछ – ओलीका यस्ता अभिव्यक्तिहरू तथ्यमा आधारित दाबी हुन्, चेतावनी हुन् वा आत्मरक्षात्मक डर। तर भण्डारीप्रति उनको आक्रोशको मूल कारण भने सत्ता र नेतृत्वको सुरक्षित महसुस नहुनु नै हो।

अहिलेभन्दा दुई वर्षअघि ओलीले भण्डारीलाई एमालेको भावी अध्यक्ष र प्रधानमन्त्रीका सम्भावित पात्रका रूपमा चित्रण गरेका थिए। तर भण्डारीले पार्टी नेतृत्वमा खुला दाबी गरेपछि ओली सतर्क बनेका छन्।

यद्यपि कार्यकर्तासँग आलोचनात्मक धारणा व्यक्त गरे पनि बुधबारको सम्बोधनमा ओलीले भण्डारीलाई आफूलाई टक्कर दिन सक्ने एकमात्र नेताका रूपमा स्वीकार गरेकै देखिन्छ।

त्यस क्रममा उनले भण्डारीले प्रतिस्पर्धा गरेमा ‘पूर्व उपाध्यक्ष भीम रावलको नियति’ भोग्नुपर्ने टिप्पणीसमेत गरेका छन्।

कार्यकर्तासँगको संवादमा ओलीले जबजका प्रतिपादक मदन भण्डारी निकै अडिग व्यक्ति भएको, आफू पनि त्यस्तै रहेको भन्दै भण्डारीसँग अझै मिल्न सक्ने संकेत गरेका छन्। साथै, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पछिल्लो भूमिकामाथि पनि कटाक्ष गर्दै उनले विधान महाधिवेशनसम्मको व्यवहार हेरिने र त्यसपछि निर्णय लिइने चेतावनी दिएका छन्।

यसबाट ओली अहिले राजनीतिक परिस्थिति नियन्त्रणमा राख्न ‘फकाउने नभए पेलेर’ अघि बढ्ने मनस्थितिमा पुगेका देखिन्छन्। तर उनको यो शैलीले एक किसिमको रक्षात्मकता झल्काइरहेको छ, जुन विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनको प्रभावकै परिणाम हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa