Premier Cables

राजनीति

छानबिन आयोग समक्ष कुनै हालतमा बयान नदिने ओलीको अडान

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, पुष ०६, २०८२  | राती ८:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगलाई कुनै पनि हालतमा बयान नदिने अडान दोहोर्‍याएका छन्।

तत्कालीन प्रधानमन्त्रीको हैसियतमा आयोगले बयान लिने तयारी गरिरहेको चर्चा चलिरहेका बेला ओलीले आफू त्यसका लागि तयार नरहेको स्पष्ट पारे।

विज्ञापन

एमालेको तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएपछि पहिलोपटक हिमालय टिभीको कार्यक्रम ‘यक्ष प्रश्न’मा निमेष बन्जाडेसँगको अन्तर्वार्तामा उनले बयान दिनु नपर्ने धारणा व्यक्त गरे।

सरकार पक्षबाट ‘बयान नदिए जसरी पनि ल्याइने’ भन्ने भाषा प्रयोग भइरहेको भन्ने प्रश्नमा ओलीले बयान दिनु आफ्नो स्वेच्छाको विषय भएको बताए। उनले आफूले जाँचबुझको नतिजा पहिले नै सार्वजनिक भइसकेको अवस्थामा फेरि बयान दिनुको औचित्य नरहेको तर्क गरे।

ओलीले आयोगका प्रतिनिधि बयानका लागि आफ्नै घर आएमा चिया खुवाएर पठाउने पनि उल्लेख गरे। उनले भने, “मैले पटक–पटक भनिसकेको छु, बयान दिनु पर्दैन। नतिजा निकालिसकिएपछि फेरि जाँच किन दिनु? यसको अर्थ संवाद नगर्ने भन्ने होइन। कुराकानी हुन्छ, तर बयान भनेको व्यक्तिको स्वेच्छाको विषय हो।”

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka