Premier Cables
Premier Steel

विराटनगर

छठ सकियो तर घाटमा फोहोरको डङ्गुर, कसले गर्ने सफाइ ?

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर ०१, २०८३  | अपराह्न २:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । छठ पर्वको उल्लास सकिएसँगै विराटनगरका विभिन्न नदी, नहर र पोखरी किनारमा फोहोरको डंगुर थुप्रिएको छ। छठअघि पूजास्थलको सरसफाइ र सजावटमा विशेष ध्यान दिइए पनि पर्व सकिएपछि भने फोहोर व्यवस्थापनमा कसैको चासो नदेखिएको हो।

विराटनगरको सिंघिया, केसलिया खोला तथा कोसी नहरलगायत क्षेत्रमा छठ पूजापछि थुप्रिएको फोहोर जताततै देख्न सकिन्छ। पूजास्थल सजाउन प्रयोग गरिएका केराका थाम, बाँस, प्लास्टिक तथा अन्य पूजासामग्री नदी र नहर किनारमै छाडिएका छन्। यसले जलस्रोत प्रदूषित हुनुका साथै वातावरणमा समेत नकारात्मक असर पार्ने जोखिम बढाएको छ।

विज्ञापन

सुनसरी–मोरङ सिँचाइ आयोजनाअन्तर्गतका नहरका कतिपय भागमा पानीको बहावसँगै फोहोर बगेर भारततर्फ पुगेको छ। कतिपय स्थानमा भने केराका थाम तथा अन्य फोहोर थुप्रिएर पानीको बहाव नै अवरुद्ध हुने अवस्था देखिएको छ।

छठअघि घाट निर्माण, सरसफाइ र सजावटमा भक्तजन तथा स्थानीयवासीको सक्रियता देखिए पनि पर्वपछि फोहोर व्यवस्थापनमा भने बेवास्ता गरिएको छ।

पूजास्थलका रूपमा प्रयोग गरिएका जलाशय तथा नदी किनारको सफाइमा महानगरपालिका र स्थानीय तहले समेत चासो नदेखाउनु दुःखद पक्ष हो। धार्मिक आस्थासँग जोडिएको पर्व मनाउँदा वातावरण संरक्षण र सरसफाइलाई पनि उत्तिकै प्राथमिकता दिन आवश्यक देखिन्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka