काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) देशको ४३औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार (चैत १३) बिहान उनलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।
प्रधानमन्त्री शाहले आजै दिउँसो १२:३४ बजे शीतलनिवासमा आयोजित एक विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।
यससँगै नयाँ मन्त्रिपरिषद् गठनको तयारी पनि तीव्र रूपमा अघि बढाइएको छ। रास्वपा स्रोतका अनुसार, प्रारम्भिक रूपमा १० जना मन्त्रीहरूको नाम टुंग्याइएको छ।
उद्योगमन्त्रीमा अमरेशकुमार सिंह र ऊर्जामन्त्रीमा विराजभक्त श्रेष्ठ नियुक्त हुने निश्चित भएको छ।
टुंग्याइएका मन्त्रीहरूको सूची यस प्रकार रहेको छ:
शिशिर खनाल – परराष्ट्र मन्त्री
स्वर्णिम वाग्ले – अर्थ मन्त्री
सुधन गुरुङ – गृह मन्त्री
सोविता गौतम – कानुन मन्त्री
प्रतिभा रावल – सामान्य प्रशासन मन्त्री
सीता वादी – महिला, बालबालिका मन्त्री
सुनील लम्लास – भौतिक पूर्वाधार मन्त्री
अमरेशकुमार सिंह – उद्योग मन्त्री
विराजभक्त श्रेष्ठ – ऊर्जा मन्त्री
निशा मेहता – स्वास्थ्य मन्त्री
