Premier Cables
Premier Steel

विराटनगर

रोटरी डाउन टाउनको आयोजनामा अन्तर स्कुल वाल पेन्टिङ प्रतियोगिता सम्पन्न

Calendar बुधबार, पुष ०९, २०८२  | अपराह्न २:०७ बजे

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा ‘वाल्स अफ स्माइल्स- आर्ट्स फेलोसीप’ अन्तर्गत इन्टर-स्कूल वाल पेन्टिङ प्रतियोगिता सेरेब्रल पाल्सी डे केयर सेन्टर परिसरमा सफलतापूर्वक सम्पन्न भएको छ।

यस कला अभियानमा सेन्ट जोसेफ स्कुल, डी ए वी स्कूल, दिल्ली पब्लिक स्कूल तथा आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूले खुशी, मित्रता, स्वस्थ जीवनशैली, प्रकृति, समाजका सहयोगी पात्रहरू तथा सुन्दर नेपालजस्ता विषयमा आकर्षक र सन्देशमूलक चित्रहरू कोरेर सेन्टरका भित्ताहरूलाई रंगीन र जीवन्त बनाएका थिए।

बिज्ञापन

यस परियोजनाको नेतृत्व रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रोटेरियन गिरिजा सारडाले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन रोटेरियन सङ्गीता सिङ्घानिया र रोटेरियन अनु सारडाले गर्नुभएको थियो।

कार्यक्रमले बालबालिकामा सृजनशीलता, सहकार्य र सामाजिक संवेदनशीलता विकास गर्नुका साथै सेरेब्रल पाल्सी डे केयर सेन्टरमा आउने बालबालिकाहरूका लागि खुसी र सकारात्मक वातावरण सिर्जना गरेको आयोजकले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka