Premier Cables
Premier Steel

कोशी प्रदेश

झापामा एशियन हाइवे अवरुद्ध, वैकल्पिक मार्गबाट सवारी डाइभर्ट

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज १९, २०८२  | अपराह्न २:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । पूर्व–पश्चिम निर्माणाधीन एशियन हाइवे अन्तर्गत झापाको माइधार–दुधे सडकखण्ड आइतबार बिहानदेखि अवरुद्ध भएको छ। लगातारको वर्षापछि भालुखोलामा आएको बाढीले सडकको डाइभर्सन बगाएपछि सवारी आवागमन ठप्प भएको हो।

उक्त सडकखण्ड भएर गुड्ने सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गराइएको छ।

बिज्ञापन

प्रहरीका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेका गाडीहरू माइधारबाट दक्षिण कन्काई नहर हुँदै संगम चोकतर्फ र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका सवारी साधनहरू संगम चोकदेखि दक्षिण कन्काई नहर हुँदै माइधारतर्फ डाइभर्ट गरिएको छ।

डाइभर्सन क्षतिग्रस्त भएपछि मर्मत कार्य सुरु गरिएको जनाइएको छ। यसैबीच झापाकै काली खोलामा आएको बाढीले मेचीनगर नगरपालिका–६ मा र सुकुना खोलाको बाढीले शिवसत्ताक्षी नगरपालिका–१० खण्डमा पनि राजमार्ग अवरुद्ध बनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa