नोट: यो समाचार १ महिना अघिको हो
विराटनगर । देशमा आएको प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि राठी ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २७ लाख रुपैयाँ सहयोग गरेको छ।
विपत्तिका कारण धेरै परिवारले भोगिरहेको पीडा र कठिन परिस्थितिप्रति ऐक्यबद्धता जनाउँदै राठी ग्रुपले उक्त रकम सहयोग गरेको जनाएको हो।
राठी ग्रुपले आफ्नो तर्फबाट गरिएको सहयोगले विपद्मा परेका पीडितलाई केही राहत, आशा र सहारा पुग्ने विश्वास व्यक्त गरेको छ।
विपत्तिको समयमा एकता, मानवता र आपसी सहयोग नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै ग्रुपले प्रभावित परिवारको दुःखमा आफूहरू सहभागी रहेको जनाएको छ।
राठी ग्रुपले नेपाललाई विपत्तिबाट पुनः उठाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै पुनर्निर्माण तथा पुनःस्थापनाको यात्रामा समेत एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएको छ।
