Premier Cables
Premier Steel

विराटनगर

जोगबनीमा हुने जाम अब हटाइने

नोट: यो समाचार ६ महिना अघिको हो

Calendar आइतबार, बैशाख २८, २०८२  | बिहान ११:१९ बजे

विराटटनगर । नेपाल–भारत सीमा क्षेत्र जोगबनीमा हुने सडक जामको समस्या अब समाधान हुने भएको छ । भारतको जोगबनीमा सरोकारवाला निकायका प्रतिनिधिहरुबिच भएको छलफलबाट सीमामा हुने सडक जामको समस्या समाधान गर्ने र समाधान निकाल्ने प्रयास भएको हो ।

भारतीय सीमा सुरक्षा बल एसएसबी सुरेन्द्र विक्रमको अध्यक्षतामा बसेको बैठकले जोगबनी गेटमा हुने जाम नियन्त्रण गर्ने विषयमा छलफल भएको थियो ।

बिज्ञापन

छलफलमा मुख्य नाका जोगबनी बाजारसँग डोडिएको र फराकिलो ठाउँ नभएकाले नेपाल–भारत आउने–जाने यातायातका साधान तथा यात्रुको चेकजाँचको समयमा जाम लागेर सर्वसाधारणलाई समस्या हुने भएकाले समाधान गरिनुपर्ने सरोकारवालाहरुले बताए ।

सो अवसरमा जोगबनी कस्टमका सहायक प्रमुखले उपयुक्त स्थानमा पार्किङको व्यवस्थापन गर्नुपर्ने बताए । जोगबनी गेटमा हुने जाम नियन्त्रण गर्न बैकल्पिक उपायमा जोड दिनुपर्ने बैठकमा उपस्थितहरुले बताएका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka