Premier Cables

खेलकुद विराटनगर

विराटनगरका प्रसिद्ध राई सातदोबाटो क्लबबाट राष्ट्रिय लिग खेल्दै

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, माघ ०५, २०८२  | अपराह्न १२:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरका उदीयमान फुटबल खेलाडी प्रसिद्ध राई हाल सातदोबाटो क्लबबाट राष्ट्रिय लिग खेलिरहेका छन्।

बाल्यकालदेखि नै फुटबललाई आफ्नो भविष्य बनाउने सपना बोकेका प्रसिद्ध फुटबल प्रति कों मोह निकै छ ।

विज्ञापन

जिल्ला स्तरीय फुटबल प्रतियोगिताहरूमा उनी निरन्तर अब्बल प्रदर्शन गर्दै आएका छन्।

उत्कृष्ट खेलका कारण उनी पटक–पटक ‘म्यान अफ द म्याच’ र ‘बेस्ट मिडफिल्डर’ जस्ता उपाधिबाट सम्मानित भइसकेका छन्। मोरङमा सम्पन्न विराट गोल्ड कप तथा ताप्लेजुङ गोल्ड कपमा समेत उनले उल्लेखनीय प्रदर्शन गरेका थिए।

बाल्यकालदेखि नै फुटबलमा समर्पित प्रसिद्ध ठूलो सपना बोकेर अघि बढिरहेका छन्। उनी भन्छन्, “देशका लागि एउटा उपाधि आफ्नै हातले उठाउने ठूलो इच्छा छ।”

सातदोबाटो क्लबबाट पहिलो पटक राष्ट्रिय लिग खेल्न पाउनु आफ्नो लागि ठूलो अवसर भएको उनी बताउँछन्।

राष्ट्रिय लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो क्षमता प्रमाणित गर्ने लक्ष्यका साथ उनी मैदानमा उत्रिरहेका छन्। राष्ट्रिय लिग खेल्न पाउनु आफूलाई प्राप्त भएको सौभाग्य भएको उनको भनाइ छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka