प्रतिष्ठानका कार्यबाहक अध्यक्ष ज्योति आचार्यले नोना कोइरालालाई साहस, निष्ठा र संघर्षको पर्यायका रूपमा चित्रित गरे ।
कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष महेश सोनी, प्रतिष्ठानकी सदस्य एलिजा दाहाल, उद्घोष दैनिकका प्रधानसम्पादक मोहन भण्डारी, पत्रकार महासंघ कोशी प्रदेशका सल्लाहकार लीलाबल्लव घिमिरे, प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदितलगायत सहभागी थिए ।