Premier Cables
Premier Steel

विराटनगर

श्री पञ्चमुखी बालाजी धामको ५० वर्ष पूरा, १००औँ श्री हनुमान महोत्सव आइतबारदेखि

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक ०७, २०८३  | अपराह्न १:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सिलिगुडी । भारतको पश्चिम बंगालस्थित सिलिगुडीमा रहेको श्री पञ्चमुखी बालाजी धामले स्थापना भएको ५० वर्ष पूरा गरेको अवसरमा १००औँ श्री हनुमान महोत्सव आयोजना गर्ने भएको छ।

आगामी अक्टोबर २५ देखि २९ तारिखसम्म विभिन्न धार्मिक कार्यक्रमका साथ महोत्सव मनाइने आयोजकले जनाएको छ।

विज्ञापन

महोत्सवको उद्घाटन अक्टोबर २५ आइतबार बिहान ११ बजे मन्दिर परिसरमा गरिनेछ। उद्घाटन कार्यक्रममा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का श्री श्यामा चरण राय, दार्जिलिङका सांसद राजु बिष्ट, पश्चिम बंगालका पर्यटनमन्त्री डा. शंकर घोष तथा विश्व हिन्दू परिषद्का अनूप कुमार मण्डल र लक्ष्मण बंसल सहभागी हुने आयोजकले जनाएको छ।

श्री पञ्चमुखी बालाजी धामका संस्थापक रमेश कुमार चाचान तथा सम्पूर्ण सदस्यहरूको तर्फबाट महोत्सवमा सहभागी हुन भक्तजन, श्रद्धालु तथा सर्वसाधारणलाई निमन्त्रणा गरिएको छ।

आयोजकका अनुसार पाँच दिनसम्म सञ्चालन हुने महोत्सव धार्मिक उत्साह र भक्तिभावका साथ मनाइनेछ। कार्यक्रमको समापन महाप्रसाद वितरणसँगै गरिनेछ।

मन्दिरको ५० वर्षे यात्रालाई स्मरणीय बनाउने तथा धार्मिक आस्था र सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

आयोजकले सम्पूर्ण भक्तजनलाई परिवारसहित कार्यक्रममा उपस्थित भई महोत्सवको शोभा बढाउन तथा धार्मिक उत्सवलाई सफल बनाउन आग्रह गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka