Premier Cables

विराटनगर समाचार

पछि हट्यो रङ्गेली नगरपालिका : दुर्घटना हुने जान्दाजान्दै सडकमा बिस्कुन सुकाउन खुला !

नोट: यो समाचार १ महिना अघिको हो

Calendar शुक्रबार, जेठ ०९, २०८२  | साँझ ६:११ बजे

विराटनगर । मोरङको रंगेली नगरपालिका क्षेत्रअन्तर्गत हुलाकी मार्गमा मकैलगायत अन्नवाली सुकाउन लगाइएको प्रतिबन्ध हटाइएको छ ।

नगरपालिकाले सडकमा मकैलगायतका अन्नबाली सुकाउन दिने निर्णय गरेको छ । सडकमा अन्नबाली सुकाउँदा र पशु चौपाया बाँध्दा दुर्घटनाको जोखिम बढेको भन्दै यसमा रोक लगाइएको थियो । तर, स्थानीयले अन्न सुकाउन पाउनु पर्ने भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।

बिज्ञापन

सडकमा सुकाइएको अन्नको बिस्कुनका कारण गत जेठ ५ मा रंगेली–७ को निचामारीमा ट्याक्टर दुर्घटना हुँदा १३ वर्षीया बालिकाको मृत्यु भएको थियो । सडक नै ढाक्ने गरी सुकाइएको विस्कुन त्यसपछि नगर प्रहरीले हटाएका थिए । लगत्तै नगरपालिकाले सूचना प्रकासन गरी बिस्कुन नसुकाउन आग्रह गरेको थियो ।

बिस्कुन सुकाउन पाउनु पर्ने भन्दै स्थानीय आन्दोलित नै बनेपछि व्यस्त राजमार्गमा २० प्रतिशत क्षेत्रमा मात्र विस्कुन सुकाउन पाइने सर्वदलीय सहमति गरिएको छ । अब रंगेलीका सडकमा बिस्कुन सुकाउन पाइने छ ।

नगरपालिका उपप्रमुख झुमाकुमारी पराजुली, प्रमुख प्रशासकीय अधिकृत प्रदिप साह, नेपाली काँग्रेसका नेता जागरनाथ मण्डल, एमाले अध्यक्ष राम चिमोरिया, नेकपा एसका प्रतिनिधि प्रल्हाद कुमार खतिवडा किसान प्रतिनिधि लक्ष्मण साह र रंगेली प्रहरी प्रतिनिधि सहितको सर्वदलीय बैठकले अन्नबाली सुकाउन दिने सहमति गरेको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
Pinned News
लाग्यो साउन : छायो चुरापोते र मेहेन्दीको बहार

लाग्यो साउन : छायो चुरापोते र मेहेन्दीको बहार

बिहिबार, साउन ०१, २०८२   |   विराटनगर
© hamrobiratnagar 2025-2027