Premier Cables
Premier Steel

समाचार

पहिरोले कोशी राजमार्ग धनकुटा-मूलघाट सडक खण्ड अवरुद्ध

Calendar आइतबार, असोज १९, २०८२  | बिहान ९:२४ बजे

विराटनगर । धनकुटामा लगातार परिरहेक‍ो वर्षाका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ ।

मध्य पहाडी लोकमार्गअन्तर्गत पाख्रिबास नगरपालिका–५ स्थित डिकुरे र वडा नं ४ मा पहिरो जाँदा दुई स्थानमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।

बिज्ञापन

कोसी लोकमार्गमा पनि साँगुरीगढी गाउँपालिका–१ स्थित चनौटे, घण्टे र सिमसुवा क्षेत्रमा पहिरो जाँदा तीन स्थानमा आवागमन ठप्प भएको छ ।

रवि–राके निर्माणाधीन सडकखण्डमा समेत समस्या देखिएको छ । साँगुरीगढी–५ लुम्फाजुङमा पहिरो र वालुवाखानीमा सडक अवरुद्ध भएको छ । तमोर करिडोरअन्तर्गत चौविसे गाउँपालिका–४ स्थित छरुवा खोलामा आएको बाढीले सडक अवरुद्ध बनाएको प्रहरीले जनाएको छ।

अविरल वर्षाले कोसी राजमार्गको धरान–धनकुटा सडकखण्डको भेडेटारदेखि मुलघाटसम्मको विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka