Premier Cables
Premier Steel

समाचार

देशभर कहाँ कुन सडक अवरुद्ध छन् ? (विस्तृत विवरण)

नोट: यो समाचार २ महिना अघिको हो

Calendar शनिबार, भाद्र १४, २०८२  | अपराह्न १२:२४ बजे

काठमाडौं । देशभरका विभिन्न स्थानमा मुख्य राजमार्गका भागहरू अहिले पूर्ण रूपमा अवरुद्ध वा एकतर्फी रूपमा सूचारु भएका छन्।

नेपाल प्रहरीद्वारा सार्वजनिक विवरण अनुसार, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही राजमार्गमा यातायात प्रभावित भएको छ।

बिज्ञापन

कोशी प्रदेश
संखुवासभा: भोतेखोला गाउँपालिका-४ मा वर्षाका कारण कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध।

तेह्रथुम: लालीगुराँस नगरपालिका-९ मा मध्य पहाडी लोकमार्ग एकतर्फी सूचारु।

बागमती प्रदेश
सिन्धुपाल्चोक, धादिङ, चितवन लगायतका जिल्लामा पहिरो र बाढीका कारण धेरैजसो सडक खण्ड अवरुद्ध वा एकतर्फी छन्।

गोसाइँकुण्ड गाउँपालिका भित्रका विभिन्न स्थानमा पासाङ ल्हामु सडकखण्डमा समस्या।

सिन्धुपाल्चोक: भोटेकोशी गापा-२ मा अरनिको राजमार्ग पूर्ण अवरुद्ध।

धादिङ: बेनीघाट रोराङ-१० मालेखुमा पृथ्वी लोकमार्ग एकतर्फी सूचारु।

चितवन: इच्छाकामना–३ मुग्लिनमा एकतर्फी सूचारु।

गण्डकी प्रदेश
बागलुङ: कालाखोला क्षेत्रमा कालीगण्डकी कोरिडोर पूर्ण अवरुद्ध।

नवलपरासी (पूर्व): तरकुली क्षेत्रमा एकतर्फी सूचारु।

लमजुङ: बेसीसहर-मुक्तिनाथ सडक खण्ड एकतर्फी सूचारु।

लुम्बिनी प्रदेश
दाङ: राप्ती राजमार्ग एकतर्फी सूचारु।

अर्घाखाँची: सन्धिखर्क–छत्रदेव सडक खण्ड एकतर्फी सूचारु।

कर्णाली प्रदेश
रुकुम पश्चिम: सिस्ने गाउँपालिका-५ मा पूर्ण अवरुद्ध।

सुदूरपश्चिम प्रदेश
डडेल्धुरा: शिलगढी-तेर्सखालाकाे सडक खण्डमा पूर्ण अवरुद्ध।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka