Premier Cables
Premier Steel

समाचार

मुग्लिन-नारायणगढ सडक खण्ड एकतर्फी सञ्चालनमा

Calendar मंगलबार, आश्विन ०७, २०८२  | बिहान ९:५६ बजे

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तुइन खोला पुलनजिक खसेको पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्डमा एकतर्फी मात्र सवारीसाधन सञ्चालन गरिएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो हटाइसकेपछि आज बिहान ८:५० बजेबाट एकतर्फी रुपमा यातायात सञ्चालनमा ल्याइएको हो। यद्यपि, पहिरोसँगै ढुंगा झर्ने क्रम जारी रहेकाले यात्रु तथा चालकहरूलाई सतर्क रहन र लेन अनुशासन पालना गर्न अनुरोध गरिएको छ।

बिज्ञापन

पहिरो खस्दा यसअघि सडक दुवैतर्फ अवरुद्ध भएको थियो। हालको अवस्थालाई मध्यनजर गर्दै जोखिम न्यूनीकरणका उपायहरू अपनाइँदै गएका छन्।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka